Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

रुकुमपश्चिमका कृषकलाई दूधमा प्रोत्साहनस्वरुप अनुदान वितरण 

रुकुमपश्चिमका कृषकलाई दूधमा प्रोत्साहनस्वरुप अनुदान वितरण 

  • 228
    SHARES
  • रुकुमपश्चिमका कृषकलाई दूधमा प्रोत्साहनस्वरुप अनुदान वितरण 

    रुकुमपश्चिम । रुकुमपश्चिममा कृषकले दूधमा प्रोत्साहन पाउन सुरु गरेका छन ।

    images

    कर्णाली प्रदेश सरकारले पशु अस्पताल तथा पशु सेवा कार्यालयमार्फत जिल्लाका दूध उत्पादक कृषकलाई प्रोत्साहन स्वरुप अनुदान वितरण गर्न सुरु गरेको हो ।

    चालु आर्थिक वर्षदेखि यो कार्यक्रम सञ्चालनमा आएको हो । कृषकलाई दूधमा प्रतिलिटर पाँच प्रोत्साहनस्वरुप अनुदान वितरण भइरहेको पशु अस्पताल तथा पशु सेवा कार्यालयका प्रमुख ज्ञानुकुमार शर्माले बताए ।

    जिल्लामा अहिलेसम्म ९० कृषकले प्रोत्साहन पाउन सुरु गरेको प्रमुख शर्माले जानकारी दिए । अहिलेसम्म प्रोत्साहनस्वरुप ६ लाख ६५ हजार कृषकको खातामा रकम गएको उनको भनाइ छ ।

    अहिलेसम्म एक कृषकले कम्तीमा एक हजार दुई सयदेखि बढीमा ६५ हजारसम्म प्रोत्साहन रकम पाएको प्रमुख शर्माले बताए । कृषकले बेचेको दूधका आधारमा प्रतिलिटर पाँच प्रोत्साहन रकम दिने व्यवस्था गरिएको छ ।

    यसका लागि पशु अस्पताल तथा पशु सेवा कार्यालय र स्थानीय तहमा दर्ता भएका दुग्ध सहकारी, डेरी र चिस्यान केन्द्रमा मात्र दूध बिक्री गर्नुपर्ने हुन्छ । दूधमा प्रोत्साहन कार्यक्रमका लागि पशु अस्पताल तथा पशु सेवा कार्यालयले कृषको आवेदन माग गरेको थियो ।

    त्यसअनुसार जिल्लामा चार सय बढी कृषकले आवेदन दिएका थिए । प्रमुख शर्माका अनुसार प्रत्येक तीन/तीन महिनामा कृषकको खातामा रकम जम्मा हुने व्यवस्था गरिएको छ ।कृषकले कति दूध बिक्री गरे भनेर कार्यालय आफैंले सम्बन्धित दुग्ध सहकारी, डेरी तथा चिस्यान केन्द्रबाट विवरण लिने गरेको छ ।

    त्यस्ता सहकारी, डेरी र चिस्यान केन्द्र अहिलेसम्म १७ रहेको बताइएको छ । दूधमा प्रोत्साहनका लागि प्रदेश सरकारले जिल्लामा चालु आवका लागि ४० लाख पठाएको छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology