Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

जनमतविपरीत कांग्रेसलाई सहयोग गर्न सकिनँ, यो हार स्वीकार गर्छुः कृष्ण थापा  

जनमतविपरीत कांग्रेसलाई सहयोग गर्न सकिनँ, यो हार स्वीकार गर्छुः कृष्ण थापा  

  • 800
    SHARES
  • जनमतविपरीत कांग्रेसलाई सहयोग गर्न सकिनँ, यो हार स्वीकार गर्छुः कृष्ण थापा  

    काठमाडौं । राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश सदस्यबाट पदमुक्त भएका कृष्ण थापाले जनमतविपरीत विपक्षी कांग्रेसको सरकार बनाउन आफूले सहयोग गर्न नसकेको बताएका छन् । विपक्षी पाँच दलीय गठबन्धनले आक्रमण गरेर आफूलाई  हराएको र यो हार अलि रमाइलो प्रकारको भएको पनि उनले बताएका छन् । 

    कांग्रेसको सरकार नबनाउँदा राजमोले आफनो सांसद खारेज हाँस्यास्पद भएको थापाको प्रतिक्रिया छ । ‘आहा, आहा हामी कम्युनिस्ट जीवनमा धेरै हारको सामना गरियो । पाँच दलीय गठबन्धनको आक्रमणको हारले पनि कुनै तात्किक अन्तर पार्ने छैन । यो हार अलि रमाइलो प्रकारको पनि भयो  ।  कांग्रेसको सरकार नबनाउँदा आफनो सांसद खारेज गर्नु इतिहासमा अनौठो मजाक भयो,’ पार्टीले बिहीबार दिउँसो पदमुक्त गरेका उनले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाएका छन्, ‘इतिहासले अवस्य मुल्यांकन गर्ने छ । बागलुङ १ ख का सम्पूर्ण जनतामा तपाईंहरुको अभिमतविपरीत जान सकिनँ हजुरहरुको अभिमतलाई हार्दिक, हार्दिक अभिवादन।’

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij