वेबटिभी खबर
नुवाकोट । प्रहरीले किस्पाङका एक पुरुषलाई भरुवा बन्दुकसहित पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा किस्पाङ गाउँपालिका-२ गोकर्ण बस्ने ३८ वर्षीय सन्तबहादुर तामाङ रहेका छन् ।
उनलाई भरूवा बन्दुक १ थानसहित सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।
विशेष सूचनाको आधारमा प्रहरी चौकी फिकुरीबाट खटिएको प्रहरीले उनलाई बन्दुकसहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij