Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

तनहुँमा दश खानेपानी आयोजना अन्तिम चरणमा

तनहुँमा दश खानेपानी आयोजना अन्तिम चरणमा

  • 370
    SHARES
  • तनहुँमा दश खानेपानी आयोजना अन्तिम चरणमा

    तनहुँ । गण्डकी प्रदेश सरकारको ‘एक घर एक धारा’ अभियानअन्तर्गत तनहुँमा खानेपानी आयोजना निर्माण तीव्र रूपमा भइरहेको छ ।

    जिल्लामा निर्माणधीन अवस्थामा रहेका एक सय उनानचालिस आयोजनामध्ये दश आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । प्रदेश सरकारको एक करोड ५४ लाखको लागतमा उक्त आयोजनाको निर्माण गरिएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय तनहुँका इञ्जिनीयर वामदेव पौडेलले जानकारी दिए ।

    आठ सय ५८ घरधुरीका करिब चार हजार दुई सय ९० जना आयोजनाबाट प्रत्यक्ष लाभान्वित हुने पाैडेलले बताए । पौडेलका अनुसार अधिकांश आयोजना लिफ्टबाट निर्माण गरिएका छन् भने केही ग्राबिटी प्रणालीका आयोजना छन ।

    आयोजनाको काम अन्तिम चरणमा पुगेकाले लामो दूरीबाट पानी बोकेर खानुपर्ने समस्याको अन्त्य हुनुका साथै करेसाबारीमा सिँचाइ समेत गर्न सकिने भएपछि स्थानीय बासिन्दा उत्साहित भएका छन ।

    इञ्जिनीयर वामदेव पौडेलका अनुसार भानु नगरपालिका-१० स्थित चेककोट खानेपानी आयोजनाको लागि बीस लाख बजेट विनियोजन भएपछि निर्माण सुरु गरिएको थियो ।

    ऋषिङ गाउँपालिका-३ को भीरकोट खानेपानी आयोजनबाट एक सय ६०, ऋषिङ गाउँपालिका-८ को घुर्रा छहरा खानेपानीबाट एक सय ६५, व्यास-९ को सतिश्वारा खोपानीबाट एक सय ५० ,बन्दीपुर-२ को पार्चे खानेपानीबाट सत्तरी घरधुरीका बासिन्दा लाभान्वित हुने छन।

    त्यसैगरी भानुको भीमसेन खानेपानीबाट ५५, शुक्लागण्डकी-२ को हलेदी पिपलतारा खानेपानीबाट ५४, भानु-५ को पोखरीथोक कोलागैरी खानेपानीबाट ६५, बन्दीपुर-१ को भूँडाटार खानेपानी आयोजनाबाट ९० र भीमाद नगरपालिका-४ गिजनडाँडा खानेपानी आयोजनाबाट १७ घरपरिवार लाभान्वित हुने छन ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij