वेबटिभी खबर
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डलमा व्यापक हेरफेर गर्ने भएका छन् । जनता समाजवादी पार्टीलाई सरकारमा भित्र्याउने क्रममा एमालेका मन्त्रीहरू पनि हेरफेर हुन लागेका हुन् । नयाँ बन्ने मन्त्रीहरूकाे सपथ साँझ ८ बजे हुने भएकाे छ ।
अहिले एमालेबाट मन्त्री रहेका केही बाहिरिँदै छन् । एमालेबाट केही नयाँ व्यक्ति मन्त्रिमण्डलमा सहभागी हुने बताइएको छ ।जसपाबाट नेतृत्व गरेर सरकारमा आउने राजेन्द्र महतोलाई उपप्रधानमन्त्री दिने भएपछि ओलीले एमालेका विष्णु पौडेल र रघुवीर महासेठलाई पनि उपप्रधानमन्त्रीमा बढुवा गर्ने भएका छन् ।
त्यसैगरी शेरबहादुर तामाङलाई स्वास्थ्यमन्त्री बनाउन लागिएको छ । एमालेबाट मन्त्री बनेकामध्ये चारजना बाहेक सबै बाहिरिने बताइएको छ । अर्थमन्त्री बिष्णु पौडेल, शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठ, कानुन मन्त्री लीलानाथ श्रेष्ठ, भौतिक पूर्वाधार मन्त्री बसन्त नेम्वाङबाहेक सबैलाई हटाउन लागिएको हो ।
उपप्रधानमन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलगायत मन्त्रिमण्डलबाट विदा हुने बताइएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij