Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

प्रधानमन्त्री ओलीले ‘विश्वास पात्र’ ईश्वर पोखरेल र प्रदीप ज्ञवालीलाई किन सरकारबाट हटाए ? 

प्रधानमन्त्री ओलीले ‘विश्वास पात्र’ ईश्वर पोखरेल र प्रदीप ज्ञवालीलाई किन सरकारबाट हटाए ? 

  • 905
    SHARES
  • प्रधानमन्त्री ओलीले ‘विश्वास पात्र’ ईश्वर पोखरेल र प्रदीप ज्ञवालीलाई किन सरकारबाट हटाए ? 

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना ‘विश्वास पात्र’ उपप्रधानमन्त्री ईश्वर पोखरेल र प्रदीप ज्ञवालीलाई सरकारबाट हटाउने भएका छन् ।

    ०७४ सालदेखि नै मन्त्री भएकाहरुलाई हटाएर नयाँलाई मात्र कायम राख्ने मापदण्ड बनाएका कारण पोखरेल र ज्ञवालीलाई हटाएको नेकपा एमालेका स्थायी समितिका एक सदस्यले बताए । 

    यो मापदण्ड अनुसार सरकारमा अब एमालेका तर्फबाट विष्णु पौडेल, कृष्णगोपाल श्रेष्ठ, लीलानाथ श्रेष्ठ र बसन्तकुमार नेम्वाङ मात्रै बाँकी रहन्छन्, अरु सबै बाहिरिन्छन् ।
     
    अर्थमन्त्री विष्णु पौडेललाई वरिष्ठ उपप्रधानमन्त्री बनाएर प्रधानमन्त्री ओलीले महत्वपूर्ण जिम्मेवारी दिने भएका छन् ।

    एमालेका महासचिवसमेत रहेका पोखरेलले पछिल्लो समय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) का संयोजकको जिम्मेवारी सम्हालेका थिए भने पार्टीको आन्तरिक संगठन निर्माणमा समेत अब्बल मानिन्छन् ।

    प्रदीप ज्ञवाली पार्टीको स्थायी समिति सदस्य र प्रवक्तासमेत हुन् । एमालेका अध्यक्ष ओलीले उनीहरुलाई निर्वाचनको तयारी र पार्टी एकतासँगै पार्टीको संगठन निर्माणमा परिचालन गर्नसक्ने ती सदस्यले बताए । 

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij