Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

कीर्तिपुर पुगेर माधव, झलनाथसहितका नेताले हेरे ‘छक्कापञ्जा ४’

कीर्तिपुर पुगेर माधव, झलनाथसहितका नेताले हेरे ‘छक्कापञ्जा ४’

  • 366
    SHARES
  • कीर्तिपुर पुगेर माधव, झलनाथसहितका नेताले हेरे ‘छक्कापञ्जा ४’

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालले कीर्तिपुर पुगेर फिल्म ‘छक्कापञ्जा ४’ हेरेका छन् ।

    दीपकराज गिरी, दीपाश्री निरौला र बेनिशा हमालको शीर्ष भूमिका रहेको यो पोलिटिकल ड्रामा हेर्न नेपाल, खनालसहित एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडा, पूर्वपर्यटनमन्त्री जीवनराम श्रेष्ठलगायत आइतबार मध्यान्ह कीर्तिपुर सिनेप्लेक्स पुगेका थिए ।

    उनीहरुले त्यहाँ दिउँसो साढे १२ बजेको शोमा फिल्म हेरेका थिए । नेताहरुले आफैं नै टिकट खरिद गरेर फिल्म हेरेका हुन् ।

    नेताहरुको यो हाइप्रोफाइल शोमा भाग लिन दीपाश्री, कार्यकारी निर्माता तथा अभिनेता निर्मल शर्मा, केदार घिमिरे ‘माग्ने बुढा’ र अभिनेत्री बेनिशा हमाल पनि कीर्तिपुर पुगेका थिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij