Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

केपी ओलीको अन्तरआशय बुझेको छु, एमालेमा मेरो आवश्यकता छ: ईश्वर पोखरेल

केपी ओलीको अन्तरआशय बुझेको छु, एमालेमा मेरो आवश्यकता छ: ईश्वर पोखरेल

  • 1.3K
    SHARES
  • केपी ओलीको अन्तरआशय बुझेको छु, एमालेमा मेरो आवश्यकता छ: ईश्वर पोखरेल

    काठमाडौं । शुक्रबारमात्रै सरकारबाट बाहिरिएका नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टीमा आफ्नो भूमिका र जिम्मेवारी बढेको बताए छन् ।

    एमालेको नवौं महाधिवेशनले उनलाई महासचिव बनाएको बीचमा नेकपा गठन गर्दा आफ्नो त्यो पद नरहेको र २३ फागुन ०७७ मा सर्वोच्च अदालतले एमाले ब्युँताएपछि आफू पुनः महासचिव भएकाले पार्टीमा आफू सक्रिय भएर लाग्ने समेत बताएका छन् ।

    प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा आफ्नो महत्व बुझेको र आफूले पनि अध्यक्षको अन्तरआशय बुझेकाले पार्टीलाई थप सुदृढ गर्नमा आफू केन्द्रित हुने पोखरेलले स्पष्ट पारेका छन् । 

    शुक्रबार उपप्रधानमन्त्रीबाट बाहिरिएसँगै सरकारका तर्फबाट खाई पाई आएका सबै सुविधा फिर्ता गरिसकेको जानकारी उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् गराएका छन् । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij