Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

कर्णालीका मुख्यमन्त्री शर्माले दोस्रो पटक पाए विश्वासको मत

कर्णालीका मुख्यमन्त्री शर्माले दोस्रो पटक पाए विश्वासको मत

  • 265
    SHARES
  • कर्णालीका मुख्यमन्त्री शर्माले दोस्रो पटक पाए विश्वासको मत

    सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले प्रदेश सभाबाट विश्वासको मत पाएका छन् ।

    गत पुस २७ गते कर्णाली प्रदेशको मुख्यमन्त्री बनेका शर्माले शुक्रबार बसेको प्रदेशसभाको नवौँ बैठकबाट दोस्रो पटक विश्वासको मत पाएका हुन् ।

    गत माघ १८ गते राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शर्माले शुक्रबार प्रदेशसभामा पुनः विश्वासको मत लिएका हुन् ।

    शर्मालाई प्रदेशसभा बैठकमा उपस्थित ३९ सांसदमध्ये ३८ जनाले विश्वासको मत दिएका थिए । विश्वासको मतको विपक्षीमा १ मत परेको छ । १ सांसद अनुपस्थित थिए ।

    उनी गत पुस २७ गते कर्णालीको तेस्रो मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

    शर्मालाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा एकीकृत समाजवादी केन्द्रका २५ जना सांसदले समर्थन गरेका थिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij