Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

लागुऔषध सेवन गरी सवारी चलाउने ४ चालक नियन्त्रणमा

लागुऔषध सेवन गरी सवारी चलाउने ४ चालक नियन्त्रणमा

  • 317
    SHARES
  • लागुऔषध सेवन गरी सवारी चलाउने ४ चालक नियन्त्रणमा

    काठमाडौं । काठमाडौंको कोटेश्‍वर क्षेत्रमा गरिएको विशेष चेकिङका क्रममा लागुऔषध सेवन गरी सवारी चलाउने ४ जना चालकहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    गएराति बा५ख८४५५ नम्बरको टिपर चालक दोलखाको मेलुङ गाउँपालिका ३ का २४ वर्षीय कुमार कार्की, बा४ख७३४७ नम्बरको टिपरका चालक काभ्रेपलान्चोकको पनौती नगरपालिका ४ का ३३ वर्षीय विजय तामाङ, बा१ज८९६१ नम्बरको ट्याक्सीका चालक सिन्धुलीको कमलामाई नगरपालिका ६ का २३ वर्षीय इन्द्र बहादुर बस्नेत र बाग्मती प्रदेश-०३-००१ ख १००४ नम्बरको लहरीका चालक नुवाकोटको विदुर नगरपालिका ४ का २६ वर्षीय अर्जुन लामालाई लागुऔषध सेवन गरी सवारी साधन चलाइरहेको अवस्थामा फेला पारी प्रहरीले नियन्त्रणमा लिएको हो ।

    नियन्त्रणमा आएका चारै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागी प्रहरी वृत्त बानेश्‍वर पठाइएको छ ।

    नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्युरो र प्रहरी प्रभाग कोटेश्‍वरको संयुक्त टोलीले गएराति १० बजेदेखि १२ बजेसम्म २१ ओटा सवारी साधन चेकजाँच गर्दा लागुऔषध सेवन गरी सवारी साधन चलाइरहेका ४ जना चालकहरू फेला पारेको थियो ।

    मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने चालकलाई लामो समयदेखि ट्राफिक प्रहरीले कारबाही गर्दै आएपनि पछिल्लो समय लागुऔषध सेवन गरेर सवारी चलाउने चालक भेटिन थालेपछि लागुऔषध चेकजाँच अभियानलाई तीव्रताका साथ अगाडी बढाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij