Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

पेशागत महासंघको महाधिवेशन बिहीबारदेखि

पेशागत महासंघको महाधिवेशन बिहीबारदेखि

  • 327
    SHARES
  • पेशागत महासंघको महाधिवेशन बिहीबारदेखि

    काठमाडौं । पेशागत महासंघ नेपालको सातौँ महाधिवेशन बिहीबारदेखि हुने भएको छ ।

    ‘स्वाधीन अर्थतन्त्र र समृद्ध जीवनका लागि  गुणस्तरीय सेवा र जिम्मेवार ट्रेड युनियन’ नाराका साथ उक्त महाधिवेशन ललितपुरको जावलाखेलमा हुन लागेको हो ।

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने उक्त कार्यक्रममा प्रतिष्ठान, राष्ट्रिय संघ, प्रदेश र जिल्लाबाट गरी करिब नौ सय प्रतिनिधि सहभागी हुने महासंघका राष्ट्रिय समिति संयोजक बाबुराम थापाले जानकारी दिए ।

    महाधिवेशनले पेसाकर्मीका समस्या समाधानका उपाय, प्रतिष्ठानको व्यवस्थापन, नेपालको कमजोर अर्थतन्त्रले पेसाकर्मीलाई पारेको प्रभावलगायत विषयमा समीक्षा गरी आगामी कार्यक्रम, कार्यदिशा, नीतिनिर्माणसहित नयाँ नेतृत्व चयन गर्नेछ ।

    नेपालका समाजवादी विचारसँग आबद्ध पेसाकर्मीको संघठन महासंघमा २६ राष्ट्रिय घटक, ५२ प्रतिष्ठान, आठ प्रदेश कमिटी, ७७ जिल्ला कमिटी र सात सय ५३ पालिकास्तरीय कमिटी रहेका छन ।

    मुलुकभरी यसमा आवद्ध करिब छ लाख सदस्य छन । २०७७ माघ २४ गते देशभरका करिब एक हजार आठ सय प्रतिनिधिको उपस्थितिमा तीन सय ११ सदस्यीय सातौँ राष्ट्रिय महाधिवेशन आयोजक समिति गठन गरिएको थियो । महासंघको स्थापना २०५२ चैत ६ गते भएको थियो । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij