Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

हुम्ला अस्पतालमा तीन महिनादेखि औषधी अभाव

हुम्ला अस्पतालमा तीन महिनादेखि औषधी अभाव

  • 320
    SHARES
  • हुम्ला अस्पतालमा तीन महिनादेखि औषधी अभाव

    हुम्ला । हुम्ला सदरमुकाम सिमकोटस्थित जिल्ला अस्पतालमा औषधी अभाव भएको छ । यहाँ तीन महिनादेखि औषधी अभाव हुँदा जटिल रोगका बिरामीको उपचारमा समस्या भएको हाे ।

    अस्पतालमा ९८ प्रकारका औषधी हुनुपर्नेमा हाल २५ प्रकारका मात्र रहेका जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख प्रेम सिंहले बताए । ‘जिल्ला अस्पतालको औषधि स्टोर कक्ष तीन महिनादेखि रित्तै छ । प्रदेश सरकारले खरिद प्रक्रियामा ढिलाइ गर्दा औषधी अभाव भएको हो’, प्रमुख सिंहले भने ।

    प्रमुख सिंहका अनुसार उपचार गर्न आउने अधिकांश बिरामी औषधी नपाएर रित्तै फर्किने गरेका छन । सिमकोट र नाम्खा गाउँपालिकास्थित स्वास्थ्य चौकीबाट सापटी मागेर बिरामीको उपचार गर्नु परेको उनको भनाइ छ ।

    प्रदेश सरकारलाई औषधी अभावबारे पटक-पटक जानकारी गराएको भएपनि हालसम्म सुनुवाइन नभएको प्रमुख सिंहले जानकारी दिए ।

    दुई-तीन पटक मन्त्रालयमा गएर यसबारे जानकारी गराउँदा पनि सुनुवाइ नभएको उgको भनाइ छ । पन्ध्र शय्याको जिल्ला अस्पतालमा यसबाट बिरामी मारमा परेका छन ।

    केही दिनअघि विष सेवन गरेका सिमकोट गाउँपालिका-१ का वीर भण्डारीलाई उपचारका लागि जिल्ला अस्पताल ल्याइयो । औषधी अभावका कारण सामान्य उपचार गरी नेपालगञ्ज पठाइएको अस्पतालले जनाएको छ ।

    अस्पतालमा अभाव भएपछि बिरामीले निजी क्लिनिकबाट औषधी किन्नुपर्ने बाध्यता रहेको खार्पुनाथ गाउँपालिका-४ का प्रजित रोकायाले बताए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij