Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

चार सदस्यीय रहने गरी संवैधानिक इजलास पुनर्गठन 

चार सदस्यीय रहने गरी संवैधानिक इजलास पुनर्गठन 

  • 815
    SHARES
  • चार सदस्यीय रहने गरी संवैधानिक इजलास पुनर्गठन 

    काठमाडौं । प्रतिनिधिसभा विघटन र संविधानको धारा ७६ (५) बमोजिम सरकार गठनका सन्दर्भमा परेका अलग अलग रिटहरुमाथिको सनुवाइका लागि संवैधानिक इजलास पुनर्गठन भएको छ ।

    प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको अध्यक्षताको इजलासमा अब वरिष्ठताका आधारमा न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई छन् । यसअघि गठित इजलासका दुई न्यायाधीशमाथि विपक्षी गठबन्धका वकिलले प्रश्न उठाएपछि विवाद भएको थियो ।

    इजलासमा रहेका दुई न्यायाधीश दिपक कार्की र आनन्दमोहन भट्टराईले इजलास छाडेर बाहिरिएपछि प्रधान न्यायाधीशले आइतबार (आज) इजलास पुनर्गठन गरेका हुन् ।

    प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ७ मध्यरातमा गरेको प्रतिनिधिसभा विघटनविरुद्ध र संविधानको धारा ७६ (५) बमोजिम सरकार गठन गर्दै नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा प्रधानमन्त्री हुनुपर्ने माग गर्दै १० जेठमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले (माधव नेपाल पक्ष) र जनता समाजवादी पार्टी नेपाल (उपेन्द्र यादव पक्ष) का १ सय ४६ जना सांसदले सर्वोच्चमा रिट पेश गरेका थिए ।    

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij