Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

कोभिडविरुद्धको खोप : पहिला लगाउन हानाथाप, अहिले चासो कम 

कोभिडविरुद्धको खोप : पहिला लगाउन हानाथाप, अहिले चासो कम 

  • रासस
  • चैत्र २०, २०७९ सोमवार ०८:१० बजे
  • 268
    SHARES
  • कोभिडविरुद्धको खोप : पहिला लगाउन हानाथाप, अहिले चासो कम 

    कञ्चनपुर । केहीदिन यता कोभिड संक्रमितको संख्या बढ्न थालेको छ । छिमेकी राष्ट्र भारतमा पनि कोभिड संक्रमित दैनिक बढीरहेका छन् । तर कोभिड विरुद्धको खोप लगाउन भने मानिसमा जागरुकता कम देखिएको छ ।

    कञ्चनपुर जिल्ला स्वास्थ्य कार्यालयले बिहीबारदेखि  ‘बुस्टर डोज’ खोप अभियान सुरु गरे पनि खोप लगाउनेको संख्या कम छ । 

    जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका कोल्ड चेन अधिकृत जनक कुँवरले भारतबाट नेपाल फर्किनेमा कोरोना संक्रमण देखिन थालेपछि कोभिडविरुद्धको तेस्रो मात्रा र चौथो मात्राको खोप अभियान सुरु गरिए पनि खोप अभियानमा न्युन सहभागी रहेको बताए ।

    ‘खोप लगाउनेको संख्या धेरै कम छ, पहिलो डोज पछि धेरै मानिस खोप लगाउन आएनन,’ उनले भने, ‘अहिले पनि खोप लगाउन आउनेको धेरै कम हुनुहुन्छ ।’

    अहिले ५५ वर्षमाथिका ज्येष्ठ नागरिक, स्वास्थ्यकर्मी, गर्भवती र रोग प्रतिरोधात्मक क्षमता कम भएकालाई बुस्टर डोजका रूपमा खोप दिन थालिएको छ । कञ्चनपुरको बेदकोट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख हरिशा पालले बुस्टरडोज लगाउन आउने संख्या न्यून रहेको बताए ।

    ‘हाम्रो नगरपालिकामा पाँच हजार चार सय डोज खोप आएको छ,’ उनले भने, ‘शनिबारसम्म करिब एक हजार पाँचसयले मात्रै खोप लगाएका छन । यो न्यून हो । हामीले गाउँगाउँमा माइकिङसमेत गरेका हौँ । यसपटक बुस्टर डोज लगाउन न्यून मानिस आउनु भयो ।’

    भीमदत्त नगरपािलकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र राज जोशीले पनि पालिकामा १० हजार डोज खोप आएपनि खोप लगाउने मानिसको संख्या धेरै कम रहेको जानकारी दिए । ‘पहिलो पटक खोप लगाउँदा भ्याइनभ्याइ थियो अहिले आएको खोपसमेत फिर्ता गर्नुपर्ने अवस्था आएको छ,’ उनले भने, ‘सबै वडाका स्वास्थ्य संस्थामा खोप उपलब्ध छ तर लगाउन आउनेको संख्या न्यून छ ।’

    कार्यालयका अनुसार कञ्चनपुरमा बुस्टर डोजका लागि ५० हजार डोज खोप आएको छ । हालसम्म कञ्चनपुरमा ४८ दशमलव ३० प्रतिशतले मात्रै कोभिडविरुद्धको खोप लगाएका छन । जिल्लामा चार लाख चार हजार पाँच सय ४५ जनाले कोरोनाविरुद्धको खोपको पहिलो मात्रा लगाएका छन ।

    त्यसैगरी तीन लाख ६४ हजार सात सय ८५ जनाले दोस्रो मात्रा लगाएका छन् भने दुई लाख १६ हजार छ सय ६७ जनाले खोपको तेस्रो मात्रा लगाएका छन । पहिलो मात्रापछि खोप लगाउनेको संख्या घट्दै गएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij