Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

साइपालमा दुई सय १६ मेगावाटको जलविद्युत् निर्माण हुँदै

साइपालमा दुई सय १६ मेगावाटको जलविद्युत् निर्माण हुँदै

  • 226
    SHARES
  • साइपालमा दुई सय १६ मेगावाटको जलविद्युत् निर्माण हुँदै

    बझाङ । साइपाल गाउँपालिका-४ धुली क्षेत्रमा समृद्धि इनर्जी लिमिटेडले दुई सय १६ मेगावाटको जलविद्युत् परियोजना निर्माण गर्ने तयारी गरेको छ ।

    ‘बझाङ माथिल्लो सेती जलविद्युत् आयोजना’ निर्माणका लागि कम्पनीले वातावरणीय प्रभाव मूल्यांकनको (ईआइए) सार्वजनिक गरी रामुखोलामा बन्ने विद्युत्गृह र सेती-इङ्गल्दारको दोभानमा बाँध बन्ने ठाउँमा प्रारम्भिक परीक्षणका काम गरिरहेको छ ।

    आयोजना संयोजक विश्वनाथ कँडेलका अनुसार अहिले सुरूवाती काम भइरहेको छ । ‘आयोजना अन्तर्गत वातावरण प्रभाव मूल्यांकनको मस्यौदामाथि सार्वजनिक सुनुवाइ, पानीको सुरूङमार्गका लागि माटो, ढुंगा परीक्षणका साथै अन्य प्रारम्भिक काम भइरहेको छ’, आयोजना संयोजक कँडेलले भने ।

    प्रारम्भिक अध्ययनका लागि आयोजना स्थल र साइपाल गाउँपालिका सडक सञ्जालमा नजोडिएको हुँदा परीक्षण गर्ने सामग्री तथा उपकरण पनि हेलिकप्टरमार्फत् ढुवानी गरेर काम गरिरहेको छ ।

    जलविद्युत् आयोजना साइपाल-४ धुलीको सेती नदी र इङ्गल्दार खोलाको संगमबाट करिब एक सय ५० मिटर तल सेती नदीमा ३९ मिटर लामो र १३ दशमलव चार मिटर उचाइको बाँध बनाइ सुरूङमार्फत् विद्युत् गृहमा पानी पठाउने र विद्युत् निकाल्ने कम्पनीका इञ्जिनियर सुधीर देवकोटाले बताए ।

    देवकोटाका अनुसार धुलीमा ईआइएबारे सार्वजनिक सुनुवाइ गरेपछि कम्पनीले हाल बाँधस्थल र विद्युत्गृह स्थलमा नियमित अध्ययन गरिरहेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij