एजेन्सी
काठमाडाैं । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन् । ३४ आरोप लागेका ट्रम्पलाई प्रहरी हिरासतमा राखिएको बीबीसीले जनाएको छ ।
यद्यपि उनले आफूमाथि लागेका आरोप अस्वीकार गर्दै आएका छन् । म्यानहटन अदालतमा उपस्थित गराइँदा उनले आफूले कुनै अपराध नगरेको बताएको बीबीसीले जनाएको छ ।
आपराधिक आरोपको सामना गर्ने ट्रम्प अमेरिकाको पहिलो राष्ट्रपति हुन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij