Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

नेपाल पक्षलाई बास्कोटाको कटाक्ष- नत्र बाक्लो दाल खाऊ

नेपाल पक्षलाई बास्कोटाको कटाक्ष- नत्र बाक्लो दाल खाऊ

  • 1.0K
    SHARES
  • नेपाल पक्षलाई बास्कोटाको कटाक्ष- नत्र बाक्लो दाल खाऊ

    काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले अध्यक्ष केपी शर्मा ओलीले गरेको एकता प्रस्ताव ‘लास्ट’ भएकाले विचार गर्न माधव नेपाल पक्षलाई चेतावनी दिएका छन् ।

    प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले आइतबार साँझ एमालेलाई २०७५ जेठ २ पूर्वको अवस्थामा फर्काउने घोषणा गर्दै नेपाल पक्षसमक्ष एकताका लागि ६ बुँदे प्रस्ताव प्रस्तुत गरेका छन् ।

    यस विषयमा दुवै पक्षका नेताहरूबाट धारणा आइरहेका छन् । यसै क्रममा पूर्वसञ्चारमन्त्री बास्कोटाले पछिल्लो एकताको प्रस्ताव अन्तिम भएको र यसमा सहमति नभए आआफ्ना बाटा लाग्नुपर्ने आशय व्यक्त गरेका हुन् ।

    ‘अब के भने नि बस्नेलाई श्रीसम्पत्ति जिम्मा जानेलई दुई तीन मुठ्ठी सातुको बाटो खर्च साथ बिदा के गर्नु ! आफ्नै हुन माया लाग्छ,’ सोमबार बिहान बास्कोटाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘राष्ट्रकवि माधव घिमिरेको गौरी शोक काव्यमा जस्तै बनाए । यी हाँसे पनि रोए पनि बूढालाई पीरैपीरमा राख्ने भए । लास्ट प्रयास ! पारिवारिक मिलनको, नत्र बाक्लो दाल खाऊ ।’

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij