Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

चट्याङ लागेर बैतडीमा दुईजना घाइते

चट्याङ लागेर बैतडीमा दुईजना घाइते

  • 280
    SHARES
  • चट्याङ लागेर बैतडीमा दुईजना घाइते

    धनगढी । बैतडीमा आइतबार चट्याङ लागेर दुईजना घाइते भएका छन् ।

    आइतबार साँझ ५ बजेको समयमा परेको चट्याङ लागेर जिल्लाको पुर्चौडी नगरपालिका-६ की ३५ वर्षीया पार्वती साउँद र उनका ८ वर्षीय छोरा विवेक साउँद सामान्य घाइते भएका हुन् ।

    यस्तै  चट्याङ लागेर  दुई भैँसी पनि मरेका र  घरमा समेत क्षति पुग्नुका साथै घरमा जडित सोलार व्याट्रीसहितका उपकरण समेत जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय  बैतडीका प्रक्ता प्रहरी निरीक्षक प्रहरी प्रवक्ता योगेश खत्रीले बताए ।

    चट्याङ लागेर घाईते भएका आमा-छोराको अवस्था सामान्य रहेको बैतडीका प्रहरी प्रक्ता खत्रीले जानकारी दिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij