Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

एसइईमा ‘ए’ प्लस र ‘ए’ ग्रेड ल्याउनेलाई पुरस्कारको घोषणा

एसइईमा ‘ए’ प्लस र ‘ए’ ग्रेड ल्याउनेलाई पुरस्कारको घोषणा

  • 292
    SHARES
  • एसइईमा ‘ए’ प्लस र ‘ए’ ग्रेड ल्याउनेलाई पुरस्कारको घोषणा

    म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका-२ र ३ नम्बर वडामा रहेका तीन वटा माध्यमिक विद्यालयबाट एसइई परीक्षामा सहभागी भइ उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई पुरस्कारको घोषणा गरिएको छ ।

    सिंगापुर पुलिसबाट सेवानिवृत रघुगंगा गाउँपालिका-३ पिप्लेको घोटडाँडा घर भई हाल काठमाडौं बसोबास गर्दै आएका कमल शाहीले यस वर्षको एसइईमा ‘ए’ प्लस र ‘ए’ ग्रेड ल्याउने विद्यार्थीलाई नगद पुरस्कार दिने घोषणा गरेका हुन् ।

    पिप्लेमा रहेको रघुगंगा मावि, मौवाफाँटमा रहेको ज्ञानोदय मावि र भगवतीमा रहेको मुक्तिधाम माविबाट यस वर्षको एसइईमा सहभागी विद्यार्थीमध्ये ‘ए’ प्लस ल्याउने विद्यार्थीलाई जनही १० हजार र ‘ए’ ग्रेड ल्याउन सफल हुने विद्यार्थीलाई जनही पाँच हजार नगद पुरस्कार दिने घोषणा गरेका छन ।

    यस वर्षको एसइई परीक्षामा रघुगंगा माविबाट २५ जना, मुक्तिधाम माविबाट ७१ जना र  ज्ञानोदय माविबाट १९ परीक्षार्थी सहभागी छन ।

    शाहीले यसअघि रघुगंगा माविमा आफ्नो दिवंगत बुबा देवबहादुर शाहीको स्मृतिमा पाँच लाख ५५ हजार पाँच सय ५५ रूपैयाँको अक्षयकोष स्थापना गरेका छन भने यस क्षेत्रको सामाजिक कार्यमा समेत सहयोग गर्दै आएका छन ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij