Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

रोल्पामा २८ रोपनीको अफिम खेती नष्ट

रोल्पामा २८ रोपनीको अफिम खेती नष्ट

  • 354
    SHARES
  • रोल्पामा २८ रोपनीको अफिम खेती नष्ट

    रोल्पा । रोल्पामा प्रहरीले जिल्लाका विभिन्न स्थानमा अवैधरूपमा गरिँदै आएको अफिम खेती नष्ट गरेको छ ।

    जिल्ला प्रहरी कार्यालयबाट खटिएका टोलीले परिवर्तन गाउँपालिका-४ र ५ का विभिन्न ठाउँमा करिब २८ रोपनीमा लगाएको २५ हजार पाँच सय अफिमका बोट नष्ट गरेको हो ।

    अफिम खेती नष्ट गर्न प्रहरी नायब उपरीक्षक श्याम सारुमगर नेतृत्वको ३८ जनाको  टोली खटिएको थियो । सारुमगर नेतृत्वको टोलीले परिवर्तन-४ खोलागाउँ, तारल र वसुन्धरामा करिब २० रोपनीमा पाखोबारीमा लगाएको अफिम खेती नष्ट गरेको हो ।

    यहाँ करिब १८ हजार अफिमका बोट नष्ट गरिएका छन । त्यसैगरी प्रहरीको अर्को टोलीले परिवर्तन-४ जैरेनी र तातापानी तथा परिवर्तन-५ बजेनीमा करिब आठ रोपनीमा लगाएको सात हजार पाँच सय अफिमका बोट नष्ट गरेको छ ।

    उत्तरी र पूर्वी रोल्पामा गरिँदै आएको अवैध अफिम खेती हरेक वर्ष प्रहरीले नष्ट गर्ने गर्दछ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij