Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

शेयर बजारमा हरियाली, कुन–कुन कम्पनीको शेयरमूल्य बढ्यो ? 

शेयर बजारमा हरियाली, कुन–कुन कम्पनीको शेयरमूल्य बढ्यो ? 

  • 263
    SHARES
  • शेयर बजारमा हरियाली, कुन–कुन कम्पनीको शेयरमूल्य बढ्यो ? 

    काठमाडौं– साताको चौथो कारोबार दिन बुधबार शेयर बजार बढेको छ । बुधबार नेप्से परिसूचक ९२ अंकले उकालो लागेको हो । योसँगै सुचक १९६३ को बिन्दुमा उक्लिएको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १८ अङ्कले वृद्धि भइ ३७३ विन्दुमा पुगेको छ ।

    यसअघि मंगलबारको कारोबारमा भने नेप्से परिसूचक २७.३१ अंकले उकालो लागि १८७१.३३ विन्दुमा अडिएको थियो । सोही दिन ९४ करोड ५२ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको थियो ।

    नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बुधबार कूल २६७ कम्पनीको ६१ लाख ७ हजार ४२५ कित्ता शेयर खरिद बिक्री हुँदा एक अर्ब ९७ करोड ६० लाख भन्दाबढी रुपैयाँको कारोबार शेयर कारोबार भएको छ । यसैगरी नेप्से सुचकमा २१८ कम्पनीमा वृद्धि भएको छ ।

    त्यस्तै कारोबारको आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा रहेको छ । उक्त कम्पनीले ११ करोड ७१ लाख रुपैयाँको कारोबार गरेको छ । यसैगरी एनआसि एशिया र हिमालय डिस्टिलरी कम्पनीले ६ करोड २९ लाख रुपैयाँ भन्दा बढिको कारोबार भएको हो ।

    बुधबार सबै उपसुचक कम्पनीहरुमा हरियाली छाएको छ । वृद्धि भएको कम्पनीहरुमध्ये सबैभन्दा धेरै फाइनान्सको ६.८४ प्रतिशतले मूल्य बढेको छ । यसैगरी बैंकिङ, विकास बैंक र माइक्रो फाइनान्सको ५ प्रतिशतले मूल्य बढेको छ ।

    आजको सिद्धार्थ इक्विटी, सिटिजन म्युचुअल फण्ड, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ,आदर्श लघुवित्त वित्तिय संस्था र खप्तड लघुवित्त वित्तीय संस्थाको करिब १० प्रतिशतको शेयर कारोबार भएको छ । उक्त कम्पनीहरुले सर्वाधिक कमाएका छन् ।

  • सम्बन्धित विषय:

  • # शेयर

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij