Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

लुम्बिनीमा सरुवा रोग अस्पताल निर्माण हुँदै

लुम्बिनीमा सरुवा रोग अस्पताल निर्माण हुँदै

  • 290
    SHARES
  • लुम्बिनीमा सरुवा रोग अस्पताल निर्माण हुँदै

    कपिलवस्तु । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री विष्णु पन्थीले कपिलवस्तुको शिवराज नगरपालिका-५ चन्द्रौटामा बन्न लागेको प्रदेशस्तरीय सरुवा रोग अस्पतालको आज शिलान्यास गरेका छन ।

    अस्पतालको शिलान्यास गर्दै उनले प्रदेशका सबै नागरिकलाई स्वास्थ्य सेवाको प्रत्याभूति दिने गरी प्रदेशमा सरुवा रोग अस्पताल निर्माण हुन लागेको बताए ।

    मन्त्री पन्थीले निर्माणाधीन अस्पताल प्रदेशवासीका लागि गौरवको योजना रहेको बताउँदै यसलाई देशकै महत्वपूर्ण अस्पतालका रूपमा विकास गरिने उल्लेख गरे ।

    मन्त्री पन्थीले हरेक पालिकाको आफ्नै अस्पताल निर्माण गरिनुका साथै लुम्बिनी प्रादेशिक अस्पताललाई एक हजार पाँच सय शय्यामा विस्तार गर्ने योजना बनाइएको बताए । सरुवा रोग अस्पतालको आफ्नै भवन निर्माण नहुँदासम्म जग्गा लिजमा लिएर सञ्चालन गरिने उनको भनाइ छ ।

    लुम्बिनी प्रदेशसभा सदस्य अर्जुनकुमार केसीले जग्गा प्राप्ति, प्रारम्भिक वातावरणीय मूल्यांकन (आइइई)लगायत प्रक्रियाका कारण ठेक्का भएको १३ महिनापछि भवन निर्माण सुरु भएको जानकारी दिए । उनले निर्माण ढिला सुरु भएपनि निर्धारित समयमा सम्पन्न गरिने बताए ।

    शिवराज नगरपालिकाका प्रमुख अजय थापाले सरुवा रोग अस्पतालले नगरको गरिमा बढाउने बताए । प्रदेश सरकारले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरी भवन निर्माणका लागि कपिलवस्तु छनोट गरिएको प्रदेश स्वास्थ्य सचिव डा.विनोद गिरीको भनाइ छ ।

    उनले भवन निर्माण निर्धारित समयमा सम्पन्न गरिनुका साथै प्रदेश सरकारबाट बजेटको सुनिश्चितता हुने जानकारी दिए । कोभिड महामारीको समयमा संक्रमितलाई उपचारमा समस्या भएपछि प्रदेशमा सरुवा रोग अस्पताल निर्माणको अवधारणाको विकास भएको थियो ।

    पहिलो चरणमा ५० शय्याको अस्पताल निर्माण हुनेछ । २०८१ फागुनसम्म भवन निर्माण सम्पन्न गर्ने गरी २० करोड ९६ लाख तीन हजार तीन सय २६ मा स्काई सगुन जेभी बुटवलले ठेक्का सम्झौता गरेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij