Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

मन्त्री टुंगो लगाउन बालुवाटारमा शेखरपक्षको बैठक

मन्त्री टुंगो लगाउन बालुवाटारमा शेखरपक्षको बैठक

  • 252
    SHARES
  • मन्त्री टुंगो लगाउन बालुवाटारमा शेखरपक्षको बैठक

    काठमाडौं । सरकारमा पठाउने मन्त्रीबारे छलफल गर्न नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक सुरु भएको छ ।

    नेता शेखर कोइरालाको बालुवाटारस्थित सचिवालयमा बैठक बसेको हो । बैठकमा सरकारमा आफ्नो समूहबाट पठाउने मन्त्रीबारे छलफल भइरहेको एक नेताले जानकारी दिए।

    १४ औं महाधिवेशनमा कोइराला पक्षबाट निर्वाचित पदाधिकारीहरू लगायत केही नेता र सांसदहरू बैठकमा सहभागी छन्। बैठकमा महामन्त्री गगन थापा पनि छन्।

    कांग्रेसले ८ मन्त्रालय पाएकोमा यसअघि ४ मन्त्री मात्रै सरकारमा पठाएको छ। सभापति देउवा पक्षले ३ मन्त्रीको नाम पठाउन भनेपछि कोइराला र थापा पक्ष छलफलमा जुटेका हुन्। सत्ता गठबन्धनभित्र कांग्रेसलाई ८ मन्त्रालय दिने सहमति बनेको थियो।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij