Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

आजदेखि भेरोसेल खोप लगाइँदै 

आजदेखि भेरोसेल खोप लगाइँदै 

  • 714
    SHARES
  • आजदेखि भेरोसेल खोप लगाइँदै 

    काठमाडौं । सरकारले आजदेखि भेरोसेल खोप लगाउन सुरु गरेको छ । ६० देखि ६४ वर्ष उमेर समूहलाई लगाउने भनिए पनि सोमबार निर्णय परिवर्तन गर्दै खोप लगाउने उमेर ६२ देखि ६४ वर्ष कायम गरेकाे हाे ।   

    स्वास्थ्य सेवा विभागले सातै प्रदेशका स्वास्थ्य निर्देशनालयलाई परिपत्र गर्दै केही सीमित जिल्लाहरूमा १८ वर्षमाथिका र ५५ वर्षमाथिका उमेर समूहलाई खाेप समेत दिन भनिएको छ । 

    मन्त्रालयले सोमबार जारी गरेकाे विज्ञप्तिअनुसार चीनसँग जोडिएका जिल्लामा १८ वर्षमाथिका पहिलो डोज लगाउन बाँकीलाई प्राथमिकता दिइनेछ भने सबै हिमाली जिल्लाका ५५ वर्षदेखि ५९ वर्षबीचका पहिलो डोज लगाउन बाँकी पनि प्राथमिकतामा परेका छन् ।

    अन्य जिल्लारुको हकमा ६२ देखि ६४ वर्ष उमेर समूहलाई प्राथमिकता दिन विज्ञप्तिमा उल्लेख छ । काठमाडौं उपत्यकाको हकमा भने तीनै जिल्लामा ६० दखि ६४ वर्षकालाई खोप दिइनेछ ।

    यसअघि सञ्चालन भएको पहिलो मात्रा भेरोसेल खोप लगाएर काठमाडौं बाहिर गई छुटेकालाई पनि खोप कार्डका आधारमा दोस्रो डोज दिइने मन्त्रालयले जनाएको छ ।

    198041361_311198373892305_8341300728415703700_n.jpg

  • सम्बन्धित विषय:

  • # भेराेसेल

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij