Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

आजको मौसम : दुई प्रदेशमा वर्षा र तराईमा हावाहुरीकाे सम्भावना

आजको मौसम : दुई प्रदेशमा वर्षा र तराईमा हावाहुरीकाे सम्भावना

  • 209
    SHARES
  • आजको मौसम : दुई प्रदेशमा वर्षा र तराईमा हावाहुरीकाे सम्भावना

    काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले सोमबार गण्डकी र कर्णालीमा क्षणिक वर्षा र तराई क्षेत्रमा हावाहुरीको सम्भावना रहेको जनाएको छ ।

    सोमबार दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रहने र बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहने महाशाखााले जनाएको छ ।

    महाशाखाका अनुसार देशका गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरू र बाँकी पहाडी भू-भागका एक-दुई स्थानहरूमा मेघ गर्जन÷चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

    साथै तराईका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ । सोमबार राति देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij