वेबटिभी खबर
मोरङ । अवैध लागुऔषध खैरो हेरोइन (ब्राउन सुगर)को कारोबारमा संलग्न ३ जना पक्राउ परेका छन् ।
उर्लाबारी नगरपालिका-३ केर्खाली चोकमा लागुऔषधको कारोबार गरिरहेको अवस्थामा तीन जनालाई प्रहरीले पक्राउ गरेको हो ।
मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलका अनुसार यसरी पक्राउ पर्नेमा विश्वास धिमाल, २२ वर्षीय आलोक धिमाल र भक्तपुर घर भएका २८ वर्षीय उपेन्द्र खड्का रहेका छन्।
लागु औषध कारोबार गरिरहेको अवस्थामा तीनै जनालाई सोमबार राति पक्राउ गरिएको हो । पक्राउ परेकाबाट २१ ग्राम खैरो हेरोइन बरामद भएको छ ।
पक्राउ परेकाहरुमाथी थप अनुसन्धान गर्नका लागि हिरासतमा राखिएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij