वेबटिभी खबर
काठमाडौं । बेइजिङको एक अस्पतालमा भएको भिषण आगलागीमा परेर २१ जनाको मृत्यु भएको छ ।
चांगफेंग अस्पतालमा भएको सो भिषण आगलागीको घेराबन्दीमा परेका १७ जनालाई भने जीवितै उद्धार गरिएको छ ।
प्रहरीले आगलागी कसरी भयो ?भन्नेबारे अहिलेसम्म विस्तृत जानकारी बाहिर दिएको छैन । यद्यपी सो घटनाका बारेमा गम्भिर रूपमा अनुसन्धान भने गरिरहेको प्रहरीले जनाएको छ ।
न्युयोर्क टाइम्सका अनुसार अस्पतालमा आगलागी सुरु भएपछि कोही झ्यालमा त कोही एअर कन्डिसन माथी बसेर उद्धारका आशा गरिरहेका दृश्यले अवस्था निकै भावुक बनाएको थियो ।
उनीहरू उद्धारका प्रतिक्षामा रोइकराई गरिरहेका थिए भने कोही माथिल्लो तल्लावाट हाम फालिरहेका थिए । जीवितै उद्धार गरिरहेका तथा घाइतेहरुलाई भने नजिकैको अर्को अस्पतालमा उपचार गराईएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij