Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

रेचेघाटमा पक्की पुल निर्माण

रेचेघाटमा पक्की पुल निर्माण

  • 293
    SHARES
  • रेचेघाटमा पक्की पुल निर्माण

    पाल्पा । पाल्पाको विकट क्षेत्र निस्दी गाउँपालिका-६ र पूर्वखोला गाउँपालिका-१ जोड्ने निस्दीखोलाको रेचेघाटमा पक्की पुल निर्माण गरिएको छ ।

    जय नेपाल कम्पनी विवेककुमार निर्माण सेवा प्रालि, स्याङ्जाले ठेक्का लिएको उक्त पुल कुल चार करोड ४८ लाखको लागतमा निर्माण गरिएको हो । पुलको लम्बाइ ४६ मिटर रहेको छ ।

    पैदलमार्गसहित दुईतर्फी पुल सञ्चालनमा आएसँगै पूर्वखोला तथा निस्दी क्षेत्रका बासिन्दालाई सहज भएको स्थानीय होम राई मगरले बताए । लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास, खानेपानी तथा शहरी विकास मन्त्री चेतनारायण आचार्यले मंगलबार उक्त पुलको उद्घाटन गरेका छन ।

    उक्त खोलामा पक्की पुल नहुँदा यहाँका बासिन्दाले वर्षायाममा खोला वारपार गर्न समस्या भोग्दै आएका थिए । कृषकले उत्पादन गरेको सामग्री बजारमा पठाउन समस्या भएको थियो ।

    पुल बनेपछि दैनिक जीवनयापनमा टेवा पुगेको निस्दी गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारुले बताए । निस्दी र पूर्वखोला गाउँपालिकालाई जोड्ने मोटरेबल पुल निर्माण भएपछि यहाँका बस्ती अन्य गाउँसित जोडिएका छन ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij