एजेन्सी । भारतीय अभिनेत्री कंगना रनावत फेरि कानुनी विवादमा तानिएकी छन् । भारतीय गीतकार जावेद अख्तरको मानहानी गरेको मुद्दामा कंगनालाई मुम्बईको एक अदालतले जमानती वारेन्ट जारी गरेको छ ।
कंगनालाई अदालतले बारम्बार सम्पर्कमा आउन अनुरोध गरेपनि अदालती निर्णयलाई बेवास्ता गरेपछि वारेन्ट जारी गरिएको हो । अदालतले कंगनालाई प्रहरीको सम्पर्कमा आउन २२ मार्चसम्मको समय दिएको छ । अदालतले दिएको समयसिमामा कंगना प्रहरी सामु उपस्थित भएमा अदालती निर्णय स्वतः बदर हुनेछ । कंगनाका वकिल रिजवान सिद्दिकीले वारेन्टको विरुद्ध सर्वोच्च अदालतमा अपिल गर्ने समेत बताएका छन् ।
अख्तरका अनुसार अभिनेता सुशान्त सिंह राजपुतको मृत्युपछि कंगनाले उनको नाम बलिउड गुटबन्दिमा जोडिन् । गलत प्रचारका कारण आफ्नो छवि, मान, प्रतिष्ठामा आँच आएको भन्दै जावेद अख्तरले कंगना विरुद्ध रिट निवेदन दिएका थिए । यो मुद्दाको सुनुवाइ २६ मार्चमा गरिने छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij