Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

रूपन्देहीमा गोली चलेको आशंका, प्रहरीले थाल्यो अनुसन्धान

रूपन्देहीमा गोली चलेको आशंका, प्रहरीले थाल्यो अनुसन्धान

  • 223
    SHARES
  • रूपन्देहीमा गोली चलेको आशंका, प्रहरीले थाल्यो अनुसन्धान

    काठमाडौं । आज साँझ रूपन्देहीको अमवामा गोली चलेको आशंकामा प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

    घाइतेले गोली चलेको भनेपनि घटनास्थलमा गोली चलेको कुनै प्रमाण नभेटिएको प्रहरीको भनाइ छ ।

    रूपन्देहीको सियारी गाउँपालिका-३ रगरगञ्जका १९ वर्षीय वीरेन्द्र केवटले आफूमाथि गोली प्रहार भएको बताएका छन् ।

    रूपन्देही प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार घाँस काट्न गएको मौका पारी अज्ञात व्यक्तिले केवटको मोबाइल खोस्न खोजेका थिए ।

    उनले भने, ‘मोबाइल खोसाखोस हुँदा सामान्य घाइते हुनुभएको छ, उहाँ उपचारपछि अहिले घर फर्किसक्नुभएको छ । घटनास्थलमा गोली चलेको कुनै अवशेष देखिँदैन, सम्भवतः नक्कली बन्दुक देखाएर तर्साएको हुनुपर्छ । यसबारे हामीले अनुसन्धान सुरु गरेका छौँ ।’

    प्रहरीलाई घटनाबारे ६ः३० बजे मात्र खबर भएको अर्यालले बताए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij