Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

आज आमाको मुख हेर्ने दिन

आज आमाको मुख हेर्ने दिन

  • 334
    SHARES
  • आज आमाको मुख हेर्ने दिन

    काठमाडौं । प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरि मनाइने आमाको मुख हेर्ने पर्व बिहीबार देशभर आमालाई मीठामीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदैछ ।

    छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्राराम्रा लुगा लगाउने र मीठामीठा–तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ ।

    आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादानसहित भोजन गराई दिवंगत आमालाई सम्झने गर्दछन् । 

    वैदिक सनातन धर्म ग्रन्थमा ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ अर्थात् जन्म दिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि ठूला एवं प्यारो हुन् भनी आमा र जन्मभूमिको महत्व दर्शाइएको जानकार बताउँछन् ।

    सनातन वैदिक शास्त्रमा प्रत्येक नरनारीले जीवनमा देवऋण, मनुष्यऋण र पितृऋण तिर्नैपर्छ भनिएको छ । यस अवसरमा चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थमा मेला लाग्ने गर्छ ।

    मातातिर्थ पर्वको अवसरमा आज चन्द्रागिरि नगरपालिकाले सार्वजनिक बिदा दिएको छ ।  

  • सम्बन्धित विषय:

  • # आमा

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij