Logo

२०८३, आश्विन ५ गते सोमवार

२०८३, आश्विन ५ गते सोमवार

इथियोपियाको टिग्रेमा अमेरिकाले अस्थिरता निम्त्याएको इरिट्रियाको आरोप 

इथियोपियाको टिग्रेमा अमेरिकाले अस्थिरता निम्त्याएको इरिट्रियाको आरोप 

  • 963
    SHARES
  • इथियोपियाको टिग्रेमा अमेरिकाले अस्थिरता निम्त्याएको इरिट्रियाको आरोप 

    आदिस अबाबा । इरिट्रियाका विदेश मन्त्री उस्मान सालेहले उत्तरी इथियोपियाको टिग्रे क्षेत्रमा अस्थितरता र द्वन्द्व नित्म्याउन अमेरिकाको सहयोग रहेको आरोप लगाएका छन् । अमेरिकी प्रशासनले विगत २० वर्षदेखि टिग्रे पिपल्स लिबरेशन मूभमेन्ट (टीपिएलएफ) लाई समर्थन गरेका छन् र उनले यो पनि भनेका छन कि इरिट्रियालाई लडाईका लागि दोषारोपण निराधार थियो ।

    सोमबार संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्लाई पठाएको पत्रमा उस्मान सालेहले राष्ट्रपति जो बाइडेनको प्रशासनलाई त्यस क्षेत्रमा टिपिएलएफको अस्तित्व बलियो बनाउनका लागि हस्तक्षेप र धम्की दिएर थप द्वन्द्व र अस्थिरता सिर्जना गरेको आरोप लगाएका हुन् ।

    टिपिएलएफले सन् २०१८ मा प्रधानमन्त्री अबी अहमद सत्तामा नपुगेसम्म लगभग ३० वर्षसम्म वर्षसम्म इथियोपियामा शासन गर्ने गठबन्धनको नेतृत्व गर्‍यो । लामो समयदेखि विरोधी रहेको इरिट्रियासँग शान्ति कायम गरेर अबी अहमदले टिपिएलएफलाई अलग्ग पारेपछि त्यसक्षेत्रमा तनाव बढ्दै गएको हो ।

    गत नोभेम्बरमा अबीले उक्त समूहमा सेनाका सदस्यहरूलाई पक्राऊ गर्न र निशस्त्रीकरण गर्न सेना पठाउँदै यो संघीय सेनाको शिविरमा टिपिएलएफले गरेको आक्रमणको प्रतिक्रिया भएको बताएका थिए । यद्यपि उनले टिग्रे क्षेत्रमा सैन्य अभियान अन्त्य हुनेछ भनेर प्रतिबद्धता गरे पनि झन्डै सात महिनादेखि द्वन्द्व जारी छ र विश्व नेताहरुले मानवीय प्रकोपको चेतावनी दिएका छन् । 

    द्वन्द्वले त्यस क्षेत्रका हजाराैं मानिस मारिएका छन् भने ६० लाख भन्दा बढी विस्थापित भइसकेका छन् । शुक्रबार संयुक्त राष्ट्र संघले इथियोपियाको उत्तरी क्षेत्रमा टिग्रेमा भोकमरीको चरम संकटले हजारौं मानिसको ज्यान जान सक्ने चेतावनी दिएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij