वेबटिभी खबर
रामेछाप । रामेछापको मन्थली नगरपालिका-३ मा शुक्रबार अपराह्न परेको चट्याङका कारण दुईजना घाइते भएका छन् ।
घाइतेको स्थानीय अस्पतालमा उपचार हुन नसकेपछि काठमाडौं पठाइएको छ ।
जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार चट्याङ लागेर घाइते हुनेमा रालटारकी ४० वर्षीया सुमित्रा कार्की र उनकै ९ वर्षीया छोरी अनिता कार्की रहेका छन् ।
रणजोर खोलामा कपडा धुँदै गरेका आमाछोरी चट्याङ लागेर घाइते भएका थिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij