Logo

२०८३, आश्विन ५ गते सोमवार

२०८३, आश्विन ५ गते सोमवार

रामपुर मेलाबाट १ करोड आठ लाख रूपैयाँ आम्दानी

रामपुर मेलाबाट १ करोड आठ लाख रूपैयाँ आम्दानी

  • 235
    SHARES
  • रामपुर मेलाबाट १ करोड आठ लाख रूपैयाँ आम्दानी

    पाल्पा । रामपुरमा सञ्चालन भएको व्यापार मेलाबाट १ करोड ८७ लाख बराबरको आम्दानी भएको छ ।

    रामपुर उद्योग वाणिज्य संघले आयोजना गरेको तेस्रो रामपुर महोत्सव तथा व्यापार मेलामा १ करोड आठ लाख चार हजार नौ सय ५० रूपैयाँ आम्दानी र ६८ लाख २२ हजार सात सय १५ रूपैयाँ बराबरको खर्च रहेको जानकारी गराइएको छ ।

    शुक्रबार पत्रकार सम्मेलन गरेर संघले मेलाको आम्दानी र खर्चको विवारण सार्वजनिक गरेको हो । संघका अध्यक्ष भोजेन्द्रप्रकाश ढकालले मेलाबाट ४० लाख ५२ हजार दुई सय ३५ बचत भएको बताए ।

    प्रवेश टिकट बिक्रीबाट ४६ लाख ४७ हजार पाँच सय ८०, विशेष टिकट बिक्रीबाट ३८ हजार दुई सय ५०, स्टल तथा होटलबाट ४१ लाख पाँच हजार, प्रायोजक तथा सहप्रयोजकबाट आठ लाख ३६ हजार पाँच सय ५०, भलिबल खेलबाट २६ हजार चार सय, कृषि ज्ञान केन्द्र पाल्पाबाट ७१ हजार एक सय ७०, रामपुर नगरपालिकाबाट १० लाख, पूर्वखोला, निस्दी र रम्भा गाउँपालिकाबाट ५०/५० हजार गरि एक करोड आठ लाख ७४ हजार नौ सय ५० आम्दानी भएको उनले जानकारी दिए ।

    आम्दानी भएको रकममध्ये पालिकाबाट रकम भुक्तानी लिन बाँकी रहेको छ । मेलाबाट वचत भएको रकम संघको भवन निर्माण, व्यवस्थितरूपमा कार्यालय सञ्चालन र संघका सदस्यको क्षमता अभिवृद्धिका लागि खर्च गरिने वरिष्ठ उपाध्यक्ष रुद्रनारायण श्रेष्ठले बताए ।

    केही रकम आउन ढिला भएकाले समयमै खर्च सार्वजनिक गर्न नसकिएको र लेखापरीक्षणपश्चात् मात्रै खर्च सार्वजनिक गरिएको छ ।

    रामपुरमा गत माघ २७ देखि फागुन ८ गतेसम्म तेस्रो रामपुर महोत्सव तथा व्यापार मेला भएको थियो ।

  • सम्बन्धित विषय:

  • # रामपुर

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij