वेबटिभी खबर
काठमाडौं । मंगलबार रातिदेखि कर्णालीका पाँच जिल्लामा विद्युत सेवा अवरुद्ध भएको छ । कर्णालीका सुर्खेत, दैलेख, सल्यान, जाजरकोट, कालिकोट र रुकुमपश्चिममा बिजुली बल्न छाडेको हो ।
विद्युतको कोहलपुर-सुर्खेत प्रशारण लाइनअन्तर्गत चिसापानीमा समस्या आएपछि विद्युत सेवा अवरुद्ध भएको जनाइएको छ ।
कोहलपुर सुर्खेत ३३ केभी प्रसारण लाइनमा एक फेज लाइन नभएकाले विद्युत सेवा रोकिएको छ ।
अवरोध फुकाउन गर्न मर्मत टोली खटिसकेको नेपाल विद्युत प्राधिकरण क्षेत्रीय वितरण केन्द्र सुर्खेतका प्रमुख टंकराज गिरीले जानकारी दिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij