Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

बाघ पीडित परिवारले पायाे ५० हजार किरिया खर्च

बाघ पीडित परिवारले पायाे ५० हजार किरिया खर्च

  • 232
    SHARES
  • बाघ पीडित परिवारले पायाे  ५० हजार  किरिया खर्च

    कञ्चनपुर । बाघको आक्रमणबाट मृत्यु भएकी कञ्चनपुरको बेलौरी नगरपालिका-८ पचुईँकी ४२ वर्षीया गंगा चन्दको परिवारलाई किरिया खर्चबापत रकम हस्तान्तरण गरिएको छ ।

    पीडित परिवारलाई राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी)ले किरिया खर्चबापतको ५० हजार हस्तान्तरण गरेको हो ।

    मृतकका श्रीमान् डम्बर चन्दलाई ५० हजारको चेक हस्तान्तरण गरिएको एनटीएनसी मझगाउँका कार्यालय प्रमुख लक्ष्मीराज जोशीले जानकारी दिए ।

    एनटीएनसी मझगाउँका प्रमुख जोशी, डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख शम्भुप्रसाद तिवारी, कुण्डा सब-डिभिजन वन कार्यालय पचकडियाका प्रमुख दिनेशकुमार यादव, बेलौरी नगरपालिका-८ का वडाध्यक्ष बिसराम रानालगायतको उपस्थितिमा पीडित परिवारलाई किरिया खर्चबापत रकम हस्तान्तरण गरिएको हो ।

    सरकारले पीडित परिवारलाई १० लाख बराबरको राहत रकम उपलब्ध गराउने छ । सरकारले उपलब्ध गराउने राहत बराबरको १० लाख आवश्यक कागजातलगायत प्रक्रिया पूरा गरेपश्चात प्रदान गरिने डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख शम्भुप्रसाद तिवारीले बताए ।

    चैत ८ गते बिहान बेलौरी नगरपालिका-८ पचुइँस्थित खप्टिनाला नजिक घाँस काट्न गएका बेला चन्दलाई बाघले आक्रमण गरेको थियो ।

    अर्को दिन भेटिएको शव परीक्षणपश्चात् पीडित परिवारले दाहसंस्कार गरेका छन । चन्दका दुई छोरी र एक छोरा छन ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij