Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

आजको मौसम : पहाडी भू-भागमा पानी पर्ने सम्भावना

आजको मौसम : पहाडी भू-भागमा पानी पर्ने सम्भावना

  • 258
    SHARES
  • आजको मौसम : पहाडी भू-भागमा पानी पर्ने सम्भावना

    काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ ।

    जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी तथा मधेश प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

    दिउँसो देशभर आंशिक देखि सामान्यतया बदली रहने छ । अपरान्हपछि देशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्यांगसहित हल्कारक्षणिक वर्षाको  सम्भावना रहेको छ । तराईका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ।

    राती भने लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्यतया बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।

    देशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्यांगसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको छ ।

    पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्यांगसहित हल्का र क्षणिक वर्षाको  सम्भावना रहेको र अपरान्ह पछि तराईका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेकोले मेघगर्जन र चट्यांग, हावाहुरीबाट हुन सक्ने क्षति र जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखााले अनुरोध गरेको छ ।

  • सम्बन्धित विषय:

  • # माैसम

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij