Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

फ्लाई दुबई जहाज सुरक्षित रूपमा गन्तव्यतर्फ जाँदैछ : मन्त्री किराँती

फ्लाई दुबई जहाज सुरक्षित रूपमा गन्तव्यतर्फ जाँदैछ : मन्त्री किराँती

  • 217
    SHARES
  • फ्लाई दुबई जहाज सुरक्षित रूपमा गन्तव्यतर्फ जाँदैछ : मन्त्री किराँती

    काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले फ्लाई दुबईको जहाज आफ्नो गन्तव्यतर्फ सुरक्षित रूपमा गइरहेको जानकारी दिएका छन् ।

    जहाजमा समस्या आएपछि नेपालको आकाशमै होल्ड भएको जहाज पुनः दुबईतर्फ प्रस्थान गरेको हो । किराँतीले सामाजिक सञ्जालमार्फत जहाज दुबईतर्फ प्रस्‍थान भएको जानकारी दिएका हुन् ।

    उनले फेसबुकमा लेखेका छन्, ‘फ्लाई दुवई जहाज सुरक्षित आफ्नो गन्तव्य तिर जाँदैछ कोही चिन्ता नगर्नु होला सबैलाई शुभयात्रा ।’

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij