काठमाडौं । वरिष्ठ हास्य कलाकार हरिवंश आचार्यले नेपालका सडकहरू पिच रोडको नाममा घिचरोड भएको बताएका छन् । आज झापाको बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन कार्यक्रममा आचार्यले यस्तो बताएका हुन् ।
‘देशबाट निर्यातभन्दा आयात बढी हुने भएकाले नेपालका सडकहरू एकपट्टि बढी उठेका र एकपट्टि भासिएका छन्,’ उनले भने, ‘नेपालबाट निर्यात हुने कबाडी मात्र छ । त्यसैले यहाँको निर्यात बढाउनुपर्छ । नेपालका पिचरोड, पिचरोड हो कि घिचरोड हो छुट्याउन गाह्रो छ । तर झापाका सडकहरूमा केही सुधार हुँदै रहेछ ।’
उनले पूर्वाञ्चल क्यान्सर अस्पतालले गुणस्तरीय स्वास्थ्य सेवा दिनेमा आफू विश्वस्त रहेको बताउँदै यो अस्पतालले विदेश जाने पैसा रोकेर देशमै परिचालन गर्ने विश्वास व्यक्त गरे ।
‘विदेशमा उपचार गराउन जाँदा पैसा पनि विदेशिने र त्यहाँ हाम्रो कोही आफन्त नहुने हुँदा अत्यन्तै दुःख पाइन्छ । तर यसरी आफ्नै ठाउँमा उपचार गराउने सेवा हुँदा पैसा पनि बचत हुन्छ,’ आचार्यले भने ।
अस्पताल उद्घाटन कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता सुवासचन्द्र नेम्वाङ पनि सहभागी छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij