Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

विपद्मा परेर काभ्रेमा ९ महिनामा ५९ जनाको मृत्यु

विपद्मा परेर काभ्रेमा ९ महिनामा ५९ जनाको मृत्यु

  • 211
    SHARES
  • विपद्मा परेर काभ्रेमा ९ महिनामा ५९ जनाको मृत्यु

    काभेपलाञ्चोक । चालु आर्थिक वर्षको नौ महिनामा काभ्रेपलाञ्चोकमा ४२४ जना विपद्मा परेका छन् । तीमध्ये ५९ जनाको मृत्यु भएको छ भने ३७७ घाइते तथा सुरक्षाकर्मीले ३३ को उद्धार गरेको जनाइएको छ ।

    जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा अघिल्लो आर्थिक वर्ष २०७८/२०७९ मा ४४३ विपद्मा परेकामध्ये ५६ को मृत्यु, ३५० घाइते तथा २८ को उद्धार गरिएको जिल्लास्थित कालीजंग गणका गणपति प्रकाशबहादुर सिंहले जानकारी गराए ।

    उनका अनुसार गत वर्षभन्दा चालु आवमा मनसुन बाँकी रहेकाले विपद्बाट जिल्लामा अझै थप नागरिक पीडित बन्ने प्रक्षेपण गरिएको छ ।

    चालु वर्षको नौ महिनामा पहिरोबाट तीन, आगलागीबाट २५, चट्याङमा परेका चार, हावाहुरीमा परेका एक र करेन्ट लागेका एकको उद्धार गरिएको छ ।

    यस्तै नौ महिनामा पहिरोबाट चार, आगलागीबाट दुई, बाढीबाट दुई, हावाहुरीबाट तीन र करेन्ट लागेर तीन तथा सडक दुर्घटनामा ४६ को मृत्यु भएको हो ।

    बर्सेनि विपद्का घटना बढ्दा थप नागरिक पीडित बन्ने भएपछि समितिले चालु वर्षमा मनसुन सक्रिय हुन अझै बाँकी रहेकाले थप उद्धार तथा खोज कार्यलाई प्रभावकारी बनाउन दोलालघाटस्थित सुनकोशी नदीमा वैशाख तेस्रोसाता विपद् प्रतिकार्य संयुक्त अभ्यास आयोजना गरेको छ ।

    उक्त विपद् प्रतिकार्य संयुक्त अभ्यासलाई गणले ‘मनसुन–३’ नामकरण गरेको छ । संयुक्त अभ्यासमा बगेको र डुबेको, पहिरोमा फसेको व्यक्तिको उद्धार गरिने छ ।

    नेपाली सेनाका पृतनापति, बाहिनीपति, सबै स्थानीय तहका प्रमुख, उपप्रमुखसहित वडाअध्यक्ष, जिल्लास्थित एनसिसी तालिम प्राप्त विद्यार्थी, स्थानीय युवा, भूतपूर्व सैनिक तथा अन्य सरोकारवाला निकायका प्रतिनिधिको सहभागिता रहने जनाइएको छ । 
     
    यस्तै बैठकले सहायक प्रमुख जिल्ला अधिकारी महेश पोखरेलको संयोजकत्वमा जिल्लास्थित १३ स्थानीय तहको प्रतिनिधित्व हुने गरि विपद् व्यवस्थापनका लागि सूचना तथा अन्य सहकार्यका लागि समितिसमेत गठन गरिएको छ ।

    समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलको अध्यक्षतामा बसेको समन्वयात्मक बैठकले मनसुन तथा अन्य विपद्का घटनामा खोज तथा उद्धार तथा विपद् प्रतिकार्यका लागि अपनाउनुपर्ने पूर्वतयारीमा सरोकारवाला निकाय सक्रिय हुने निर्णय गरेको छ ।

    पौडेलले सबै स्थानीय तह, रेडक्रस, उद्योग वाणिज्य संघ, राजनीतिक दल तथा सञ्चारकर्मी, संघ संस्था तथा युवाको समेत विपद् न्यूनीकरणमा सक्रियता हुने गरी योजना निर्माण तथा आवश्यक तयारी गरिएको बताए ।

    आफ्नो क्षेत्रको भौगोलिक बनावट र प्रत्येक वर्ष मनसुनको समयमा उत्पन्न हुने बाढी, पहिरो तथा डुबानको दौरान प्रभावित सर्वसाधारण नागरिकलाई विपद्का घटनाबाट हुनसक्ने क्षतिलाई न्यूनीकरण गर्न विपद् व्यवस्थापनका क्षेत्रमा कार्य गर्ने सबै तहका निकायले समन्वयात्मक रूपमा विपद्को तयारी तथा प्रतिकार्य योजना बनाई प्रभावकारी ढंगले परिचालन हुने कार्यलाई निरन्तरता दिइने भएको हो । 

    साथै, समितिले सरोकारवाला निकायको जिम्मेवारी अनुसारको समन्वय बैठक सञ्चालन गर्ने, जिल्ला, स्थानीय तहको सम्पर्क व्यक्ति र जिम्मेवारी अद्यावधिक गर्ने, तालिम सञ्चालन गर्ने, विवरण संकलन गर्नेलगायतका योजना निर्माण गरि कार्यान्वयन सुरु गरेको जनाएको छ ।
     
    बैठकमा स्थानीय तहका प्रमुख तथा प्रतिनिधिले विपद्का क्षेत्रमा स्थानीय तहको जिम्मेवारीभित्र पर्ने आवश्यक दायित्व पूरा गर्ने प्रतिबद्धता जनाएका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij