Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

आजको मौसम : यी प्रदेशमा पर्नेछ पानी

आजको मौसम : यी प्रदेशमा पर्नेछ पानी

  • 294
    SHARES
  • आजको मौसम : यी प्रदेशमा पर्नेछ पानी

    काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ ।

    जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदुरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्यतया बदली रहने छ ।

    गण्डकी प्रदेशको एक/दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का र क्षणिक वर्षा हुनेछ ।

    दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भू-भाग सफा रहने छ ।

    यस्तै सुदूर पश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा देशका बाँकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा मेघ गर्जन र चट्यांगसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको छ ।

    राती भने देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा सफा रहनेछ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij