Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

दक्षिण अफ्रिकी महिलाले जन्माइन् एकैपटक १० सन्तान

दक्षिण अफ्रिकी महिलाले जन्माइन् एकैपटक १० सन्तान

  • 1.3K
    SHARES
  • दक्षिण अफ्रिकी महिलाले जन्माइन् एकैपटक १० सन्तान

    प्रिटोरिया । दक्षिण अफ्रिकामा एक महिलाले एकैपटक १० सन्तान जन्माएको अनौठो घटना भएको छ । गोटेङ प्रान्तकी ३७ वर्षीया गोसेम थमारा सिथोलले एकैपटक त्यति धेरै शिशु जन्माएर विश्व रेकर्ड राखेकी सामाजिक सञ्जालमार्फत् दाबी गरिएकाे छ । 

    साेही सूचनालाई आधार बनाएर २९ साताको गर्भधानपछि सोमबार उनले राजधानी प्रेटोरियाको एक अस्पतालमा सात छोरा र तीन छोरीलाई जन्म दिएको विश्वभरका समाचार संस्थाले लेखेका छन् । 

    ती महिला पहिले पनि जुम्ल्याहा सन्तानकी आमा थिइन् । बच्चा जन्मिएपछि आफूहरू निकै खुशी भएको सिथाेल दम्पत्तीले बताएका छन् । 

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij