वेबटिभी खबर
चेन्नई । भारतमा २८ ओटा हात्तीको कोरोना भाइरसको परीक्षण गरिएको छ । जनावरहरुलाई पनि कोरोना भाइरसको संक्रमण भएको हुन सक्ने आशंकामा मंगलबार उनीहरुको कोरोना परीक्षण गरिएको हो ।
दक्षिण भारतको तमिलनाडु प्रदेशमा पर्ने चेन्नईमा रहेको मुडुमालै टाइगर रिसोर्टमा रहेका २८ हात्तीको कोरोना परीक्षण गरिएको अधिकारीहरुले जनाएका छन् ।
त्यहाँ २६ वटा वयस्क र दुई वटा बच्चाको परीक्षणका लागि निकालिएको स्वाब उत्तर प्रदेशअन्तर्गतको भारतीय भेटेनरी अनुसन्धान संस्थामा पठाइएको जनाइएको छ ।
परीक्षणको नतिजा केही दिनमा आउने अपेक्षा गरिएको पनि अधिकारीहरुले जानकारी दिएका छन् । यसअघि सोही रिसोर्टमा कोरोना संक्रमणका कारण जुन ३ मा एउटा सिंह मरेको र अन्य नौ वटा सिंहहरु बिरामी भएपछि हात्तीको परीक्षण गरिएको हो ।
त्यसपछि प्रदेशका वनमन्त्री रामचन्द्रले रिसोर्टमा रहेका सबै हात्तीको कोरोना परीक्षण गर्न निर्देशन दिएका थिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij