वेबटिभी खबर
धनगढी । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले देशको आर्थिक समस्या नियन्त्रणबाहिर नरहेको बताएका छन् ।
कैलाली उद्योग वाणिज्य संघले आज धनगढीमा गरेको स्वागत तथा भेटघाट कार्यक्रममा मन्त्री साउदले एकथरी मान्छेले धेरै निराशाजनक कुरा गरेर मुलुकलाई अस्थिरतातर्फ लैजान खोजेको बताएका हुन् ।
मन्त्री साउदले भने, ‘हरेक समाज चुनौतिपूर्ण हुन्छन् नै, बजार अर्थतन्त्रमा विश्वास गर्ने सरकार रहेकाले निजी क्षेत्रलाई अगाडि बढाउने कुरामा सरकार दृढताका साथ लागेको छ ।’
नेपालमा बैंकिङ क्षेत्र मजबुत रहेको भएपनि उद्योग व्यवसाय क्षेत्रमा केही समस्या रहेको बताउँदै उनले सञ्चित रकमको ब्याजदर घटाइएको र ऋणको ब्याजदर घटाउने प्रयासमा सरकार रहेको स्पष्ट पारे ।
भारतबाट सुदूरपश्चिम भित्रिने मुख्य सीमानाका गौरीफन्टाको बाटो जंगल भएर आउने भएकाले केही चुनौती रहेको उल्लेख गर्दै मन्त्री सायदले यो विषयमा दुई देशबीच छलफल गरिने र नाका क्षेत्रमा दुवै देशको क्वारेन्टाइनको व्यवस्थापनका लागि पहल गरिने बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij