वेबटिभी खबर
काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ ।
दिउँसोː कोशी प्रदेश, मधेश प्रदेश र बाग्मती प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ ।
देशका पहाडी भू-भागका केही स्थानहरुमा मेघ गर्जन र चट्यांगसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहनुका साथै तराईका थोरै स्थानहरुमा मेघ गर्जन र चट्यांसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।
राती भने गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्यतया बदली रही देशका बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ ।
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा र देशका बाँकी भू-भागका एक दुई स्थानमा मेघ गर्जन र चट्यांगसहित हल्का वा क्षणिक वर्षाको सम्भावना रहेको छ ।
देशै भरका केही स्थानहरुमा मेघ गर्जन र चट्यांगसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र सडक तथा हवाई यातायात, कृषि, पर्यटन, खेलकुद लगायतका क्षेत्रहरू प्रभावित हुन सक्ने देखिएकोले त्यसबाट हुन सक्ने क्षति र जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij