Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

मोटरसाइकलको ठक्करबाट मृत्यु, अरनिको राजमार्ग ठप्प

मोटरसाइकलको ठक्करबाट मृत्यु, अरनिको राजमार्ग ठप्प

  • 261
    SHARES
  • मोटरसाइकलको ठक्करबाट मृत्यु, अरनिको राजमार्ग ठप्प

    काठमाडौं । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका वडा नं १३ स्थित भैँसेपाटीमा गएराति  काठमाडौंतर्फ जाँदै गरेको बा ६३ प २७२ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा स्थानीय ६० वर्षीय बालकृष्ण बुढाथोकीको निधन भएको छ ।

    बुढाथोकीको उपचारका क्रममा धुलिखेल अस्पतालमा निधन भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी नायब उपरीक्षक रेशम बोहराले जानकारी दिए ।

    अरनिको राजमार्गअन्तर्गत भैँसेपाटी क्षेत्रमा  स्थानीय बासिन्दाले प्रदर्शन गर्दा सो क्षेत्रमा आवत जावत ठप्प रहेको छ ।

    सो क्षेत्र भइ आवात जावत गर्ने सवारीसाधन बनेपा-नाला-भक्तपुरको बाटोबाट वैकल्पिक मार्गबाट सञ्चालन भइरहेको जनाइएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij