वेबटिभी खबर
काठमाडौं । नेपाली बजारमा मंगलबार सुन तोलामा दुई सय रूपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन घटेर प्रतितोला १ लाख ८ हजार ८ सय रूपैयाँ कायम भएको छ । सोमबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार रूपैयाँमा कारोबार भएको थियो ।
यस्तै यसदिन तेजावी सुन प्रतितोला १ लाख ८ हजार ३ सय रूपैयाँ निर्धारण भएको छ । सोमबार तेजावी सुन प्रतितोला १ लाख ८ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार आज चाँदी तोलामा १० रूपैयाँले घटेर प्रतितोला १ हजार ४०५ रूपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी स्थिर रहेर प्रतितोला १ हजार ४१५ रूपैयाँमा कारोबार भएको थियो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij