वेबटिभी खबर
काठमाडौं । नेपाली बजारमा बुधबार सुन तोलामा १ हजार ८ सय रूपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन बढेर प्रतितोला १ लाख १० हजार ६ सय रूपैयाँ कायम भएको छ । मंगलबार छापावाल सुन घटेर प्रतितोला १ लाख ८ हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो ।
यस्तै यसदिन तेजावी सुन प्रतितोला १ लाख १० हजार ५० रूपैयाँ निर्धारण भएको छ । मंगलबार तेजावी सुन प्रतितोला १ लाख ८ हजार ३ सय रूपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार आज चाँदी तोलामा २० रूपैयाँले बढेर प्रतितोला १ हजार ४२५ रूपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी घटेर प्रतितोला १ हजार ४०५ रूपैयाँमा कारोबार भएको थियो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij