Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

याम्पा-आँबुखैरेनी सडकखण्ड चार घण्टापछि सञ्चालनमा

याम्पा-आँबुखैरेनी सडकखण्ड चार घण्टापछि सञ्चालनमा

  • 208
    SHARES
  • याम्पा-आँबुखैरेनी सडकखण्ड चार घण्टापछि सञ्चालनमा
    दमौली । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका-५ याम्पा आँधीखोलामा ट्रकको ठक्करबाट स्थानीय घाइते भएपछि अवरूद्ध भएको सडक चार घण्टापछि पुन: सञ्चालनमा आएको छ ।
     
    आज बिहान १० बजेदेखि अवरूद्ध रहेको याम्पा-आँबुखैरेनी सडकखण्ड दिउँसोबाट सञ्चालन भएको हो । सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैह्रेको संयोजनमा बसेको घाइतेका आफन्त, प्रहरी र जनप्रतिनिधिको बैठकले घाइतेलाई उचित क्षतिपूर्ति र दोषीलाई कारबाही गर्ने सहमतिपश्चात् राजमार्ग सञ्चालन भएको हो ।
     
    डुम्रेबाट मुग्लिनतर्फ जाँदै गरेको ना४ख १९७३ नंको ट्रक अनियन्त्रित भई सडकको छेउमा रहेको सुनमाया भुजेल र सनबहादुर भुजेलको घरमा ठोक्किँदा स्थानीय घाइते भएका थिए। 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij