Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

नेपाल र  नौऊरुबीच कुटनीतिक सम्बन्ध स्थापना

नेपाल र  नौऊरुबीच कुटनीतिक सम्बन्ध स्थापना

  • 239
    SHARES
  • नेपाल र  नौऊरुबीच कुटनीतिक सम्बन्ध स्थापना

    काठमाडौं । नेपालले नौऊरूसँग कुटनीतिक सम्बन्ध स्थापना गरेको छ ।

    बिहीबार राष्ट्रसंघय मुख्यालय न्यूयोर्कमा आयोजित कार्यक्रममा राष्ट्र संघका लागि नेपालका स्थायी प्रतिनिधि अमृत राई र राष्ट्रसंघका लागि नौऊरुकी प्रतिनिधि मार्गो रेमिनिस्से डिएइले यससम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् ।

    योसँगै नेपालसँग कूटनीतिक सम्बन्ध राख्ने देशको संख्या १७९ पुगेको छ । दुई देशका राजदूतले कूटनीतिक सम्बन्ध स्थापना भएको जानकारी राष्ट्रसंघका महासचिवलाई दिएको छ ।

    दुवै देशका राजदूतले दौत्य सम्बन्ध स्थापनाले राष्ट्रसंघलगायत मञ्चमा सहकार्य र समन्वय हुने, दुई पक्षीय हितमा काम गर्ने र नागरिकस्तरको सम्बन्ध स्थापना हुने कुरामा आश्वस्त रहेको बताए ।

    सन् १९६८ मा स्वतन्त्र मुलुकको मान्यता पाएको नौऊरू प्रशान्त महासागरको नजिक अष्ट्रेलियाको उत्तर पूर्वमा अवस्थित देश हो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij